FAQs Complain Problems

विर्तामोड नगरपालिकाको परिचय

नेपालको पूर्वीद्धार तथा प्रमुख व्यापारीक केन्द्र र तिब्रगतिमा सहरीकरण तर्फ उन्मुख हुदै गहिरहेको १ नं प्रदेशको झापा जिल्लामा अवस्थित बिर्तामोड नगरपालिका मिति २०७१ बैशाख २५ गते साविक अनारमनी गा.वि.स. र चारपाने गा.वि.स. समावेश भई पहिलो पटक नगरपालिका घोषणा भएको हो । हाल आएर नेपालको संविधान भाग ५ मा भएको व्यवस्था बमोजिम मिति २०७३ फाल्गुन २७ गते नेपाल सरकारले साविक बिर्तामोड नगरपालिका र गरामनी गा.वि.स. लाई समावेश गराई पुन: दोस्रो पटक बिर्तामोड नगरपालिका घोषणा भएको हो ।

बिर्तामोड नगरपालिका प्रदेश न‌ं १ को राजधानी बिराटनगरबाट करिव १०० कि.मि. र झापाको सदरमुकाम भद्रपुरबाट करिव १८ कि.मि. दुरीमा अवस्थित रहेको छ । यस नगरपालिकाको उत्तरमा अर्जुनधारा नगरपालिका,  पूर्वमा मेचिनगर नगरपालिका,दक्षिणमा हल्दिबारी र बाह्रदशी गाउँपालिका र पश्चिममा कन्काई नगरपालिका सिमाना रहेका छन् ।

बिर्तामोड नगरपालिकाको कार्यालय बिर्ताबजारमा अवस्थित छ । यस नगरपालिका अन्तर्गत १० वटा वडा कार्यालयहरु रहेका छन भने २ वटा निर्वाचन क्षेत्र -  २ र ३ नं क्षेत्र रहेको यस नगरपालिकाको कुल क्षेत्रफल ७८.२४ वर्ग कि.मि छ । २६°,६३’,७९’’ उत्तरी अक्षांश र ७८°,९४’,५९’’  पूर्वी देशान्तर बीचमा यो नगरपालिका फैलिएको छ । यस नगरपालिकाको जम्मा घरधुरी संख्या २३,४७७ र जनसंख्या १४६,७९५ रहेको छ ।